
दक्षिण कोरियन निर्माणजन्य सामाग्रीको उत्पादक कम्पनी इन्नो सीएसआर नेपाल र एनपी निर्माण सेवा प्रालिबीच ‘गुड ब्रिक्स सिस्टम’लाई प्रोत्साहन गर्ने उद्देश्यका साथ साझेदारी भएको छ ।
इटहरीमा रहेको एनपी निर्माण सेवाले इन्नो सीएसआरद्वारा विकसित नन फायर इँटा उत्पादन प्रविधि ‘द गुड ब्रिक्स सिस्टम’मा सहकार्य गर्दा कोशी प्रदेशको विकास तथा निर्माणका लागि महत्वपूर्ण हुने साम योन सुक लिले बताए ।
इन्नोसीएसआरले हालै नेपालका विभिन्न भागहरूमा इँटा उद्योगहरू तथा निर्माण कम्पनीहरूसँग समेत सहकार्यको घोषणा गरेको छ ।
साम योन सुक लीले ‘ कोशी प्रदेशमा रहेको एनपी निर्माण कम्पनीसँग भएको साझेदारीप्रति खुशी प्रकट गरेका छन् ।
गुणस्तरीय इँटा उत्पादन गरि निर्माणका क्रममा वायु प्रदूषण कम गर्ने उनको भनाइ छ ।
‘माटो, सिमेन्ट र सोयल स्टेपलाइजरको मिश्रणबाट बनेको गुड ब्रिक्स सिस्टमले इटाको गुणस्तरका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको छ,’ उनले भने ।
'कोशी, बागमती र गण्डकी प्रदेशसहित नेपालभरि तीव्र गतिमा साझेदारी तथा उद्योग स्थापना बढाउँदै गएकाले यस प्रविधिबाट तयार पारिएको इँटाप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । साम येन सुक ली थप्छन्, 'ग्राहक सेवाको सहजतालाई ध्यानमा राख्दै हामीले चाँडै नै ७ वटै प्रदेशमा कम्पनी सञ्चालनमा ल्याउने योजना बनाएका छौं ।'
आगोमा नपोली वातावरणमैत्री र अन्तर्राष्ट्रिय मापदण्डको इँटा इटहरीमै उत्पादन गर्ने सम्झौता गर्दा आफूहरू उत्साहित भएको एनपी निर्माण कम्पनीका सञ्चालक मनिता दंगालले बताइन् ।
इन्नोसीएसआर सन् २००८ मा स्थापित विश्वस्तरीय निर्माण सामग्री प्रविधि प्रदायक कम्पनी हो । कम्पनीले ‘गुड ब्रिक्स सिस्टम’ मार्फत एसिया र एसिया बाहिरका मुलुकहरूमा निर्माणकार्यलाई अझ सहज र मजबुत बनाउने लक्ष्य राखेको छ । यस सिस्टममार्फत उत्पादित इँटाको प्रयोगले वातावरणलाई समेत नकारात्मक असर नपार्ने कम्पनीको दाबी छ ।
एनपी निर्माण सेवा २०७५ सालमा स्थापना भएको कम्पनी हो । कम्पनी इटहरी र आसपासका क्षेत्रमा निर्माण सामग्री आपूर्ति गर्दै विभिन्न निर्माण कार्यमा सहभागी हुँदै आएको छ।