
उपराष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा बैठक बसेका १० दल अझै अनिर्णित भएका छन्।
बुधबार साँझ बालुवाटारमा बसेको सत्तारुढ १० दलको गठबन्धन बैठकमा उपराष्ट्रपति उम्मेदवार कसलाई साझा बनाउने भन्नेबारे ठोस सहमति नजुटेको नेकपा माओवादी नेता शक्ति बस्नेतले आशय व्यक्त गरे।
आज टुंगोमा नपुगेकाले भोलि फेरि बैठक बसेर यो विषयलाई सल्टाउने उनले बताए। भने, 'छलफल सकारात्मक भएको छ। भोलि फेरि बसेर यो विषयमा टुंग्याउने छौँ।'
आजै (बुधबार) बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको थियो।
सत्ता गठबन्धनमै रहेको दल जनमत पार्टीबाट ममता झा पनि उम्मेदवार छिन्। उनलाई लोसपा, नागरिक उन्मुक्तिको समर्थन छ।