१९ असार २०८३, शुक्रबार

कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा कार्की नियुक्त

कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा कार्की नियुक्त

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त भएका छन् । 

संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता नियुक्त गरेका हुन् ।

थापा नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् भने उपनेता कार्की सभापति शेरबहादुर देउवा पक्षका हुन् । कार्की कांग्रेस उदयपुरका जिल्ला सभापति पनि हुन् । 

उनी राजेन्द्र राई नेतृत्वको सरकारमा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए । उनी उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १(२) बाट निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्