२८ जेठ २०८३, बिहीबार

मकवानपुर बस दुर्घटनाः १३ जना घाइते, चालकको अवस्था गम्भीर

मकवानपुर बस दुर्घटनाः १३ जना घाइते, चालकको अवस्था गम्भीर

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवनापुरको मनहरी गाउँपालिका-६ स्थित नयाँबस्ती भन्ने स्थानमा आज दिउँसो भएको बस दुर्घटनामा १३ जना घाइते भएका छन्। ​

जसमध्ये एक जनाको अवस्था गम्भीर छ।  

आज दिउँसो करिब पौने ४ बजे चितवनबाट हेटौँडा आउँदै गरेको ना७ख १३२६  नम्बरको बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा बस चालक उदयपुर कटारी नगरपालिकाका ३३ वर्षका समिन मिया गम्भीर घाइते भएका हुुन्।

उक्त दुर्घटनामा मकवानपुर मनहरी गाउपालिकाकी रोशनी बर्तौला, सोही स्थान बस्ने अर्जुन नेपाली, सरिता परियार, मकवानपुरको राक्सिराङ गाउपालिकाकी फुलमाया तामाङ, हेटौंडा उपमहानगरपालिका-५ बस्ने  रीता थापा, धनदेवी थापा, वडा नम्बर ८ का  राकेश प्याकुरेल,चितवन राप्ती नगरपालिका वडा नं १ बस्ने लक्ष्मी घलान, वडा नं २ बस्ने  बबिता लामा धलान, खोटाङ मजुवागडी गाउँपालिका वड नं २ बस्ने दिपेश राई ,बारा जिल्ला कलैया नगरपालिका वडा नम्बर १ का रामपुकार साह कानु र बारा फेटा गाउँपालिकाका बोधनाथ राउत कुर्मी घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीका अनुसार घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्