१० साउन २०८३, आइतबार

३२ सदस्यीय खो खो टोली भारत जाने

३२ सदस्यीय खो खो टोली भारत जाने

चौथो एसियाली खो खो च्याम्पियनसिपमा सहभागी हुन २४ खेलाडीसहित ३२ सदस्यीय नेपाली खो खो टोली शुक्रबार भारतको आसामस्थित गुवाहटी प्रस्थान गर्ने भएको छ ।

  मार्च २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष र महिला टोलीले सहभागिता जनाउने छ । पुरुष खेलाडीमा राजन बल, हेमराज पनेरु, गणेश विक, जनक चन्द, गौरव रोकाया, विष्णु थारु, भरत सारु, रोहितकुमार वर्मा, विकरलसिंह रत्गइया, प्रवेज आलम, बेदबहादुर ओली र कपिलदेव भट्ट रहेका छन् ।

 महिलामा सरस्वती कडायत, विनु तामाङ, निशा शाही, निर्मला गिरी, पूजा ओड, अन्जली थापा मगर, दीपा विक, पुनम थारु, आशा थारु, अनिशा गोले, खुश्बु राणा र मनमति धामी छन् । प्रशिक्षकमा क्यामुद्दिन मन्सुर र लक्ष्मीनारायण वैद्य, सहायक प्रशिक्षकमा खगेन्द्रबहादुर शाही र भीमबहादुर लामा तथा निर्णायकमा दिलिपकुमार महर्जन र नागेन्द्र वज्राचार्य रहेका छन् ।

  टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

salt training

कमेन्ट गर्नुहोस्