२५ जेठ २०८३, सोमबार
सरकार विस्तारको तयारी

६ गते विश्वासको मत लिएर ३-४ दिनभित्र सरकार विस्तार गर्छु- प्रधानमन्त्री प्रचण्ड

६ गते विश्वासको मत लिएर ३-४ दिनभित्र सरकार विस्तार गर्छु- प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन्। 

शुक्रबार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै प्रधानमन्त्रीले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको ३/४ दिनसम्ममा सरकारले पूर्णता पाउने बताए।

प्रधानमन्त्रीले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरूसँग बसेर सत्ता बिस्तारबारे पनि छलफल गर्ने बताए। 

उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु ।’

प्रधानमन्त्री प्रचण्डले सरकार बिस्तार हुन कुनै पनि अफ्ठ्यारो नरहेको बताए।

salt training

कमेन्ट गर्नुहोस्