२१ असार २०८३, आइतबार

बुटवल बहुमुखी क्याम्पसमा मतदान शुरू

बुटवल बहुमुखी क्याम्पसमा मतदान शुरू

यस क्षेत्रकै जेठो बुटवल बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरू भएको छ ।

१४ वर्षपछि हुन लागेको निर्वाचनमा विद्यार्थीहरू उत्साहपूर्वक सहभागी भएका छन् ।

निर्वाचन अधिकृत कूलानन्द पाण्डेका अनुसार क्याम्पसमा कूल ७ हजार ११० मतदाता छन् । बिहान ८ः१५ बजेबाट मतदान शुरू भएको हो । 

स्ववियु नेतृत्वका लागि नेकपा एमाले निकट अनेरास्ववियुबाट दुर्गाबहादुर एमसीको नेतृत्वको प्यानल मैदानमा छ ।

null

नेपाली कांग्रेसनिकट नेविसंघबाट सागर पौडेल र माओवादीनिकट अखिल क्रान्तिकारीबाट शिवबहादुर खवास नेतृत्वको प्यानल चुनावी मैदानमा छ । २०४८ सालयताका हरेक निर्वाचनमा बहुमुखी क्याम्पसमा अनेरास्ववियुले कब्जा जमाउँदै आएको छ । 

भैरहवा बहमुखी क्याम्पसमा भने निर्वाचन स्थगित भएको छ । रुपन्देहीका अन्य क्याम्पसमा पनि निर्वाचन भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्