
दाङको देउखुरी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको संयुक्त प्यानल विजय भएको छ ।
नेपाल विद्यार्थी संघका उम्मेदवारलाई हराउँदै अखिलको संयुक्त प्यानल विजय भएको हो ।
सभापतिमा अखिलका भरत भुसालले १३५ मतान्तरले विजय भएका छन्, भुसालले ४५४ मत प्राप्त गरे ।
उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका शिशिर वलीले ३१९ मत प्राप्त गरे ।
सचिवमा विकास भट्टराई निर्वाचित भए । उनले ४२० मत प्राप्त गरेका छन् । नेविसंघका चन्द्रमान यादवले ३३९ मत प्राप्त गरे ।
कोषाध्यक्षमा विशाल पौडेल ३८३ मत प्राप्त गर्दै निर्वाचित भए । सरिना खातुनले २६९ मत प्राप्त गरिन् ।
सदस्यमा मोनिका बुढामगर (४२३), उर्मिला चौधरी (४२७), निर्मला खनाल (४२६), विना पोख्रेल(४०२), पुष्पा पोख्रेल(४१६), पवन वली (४२०), राहुलदेव चौधरी (४२७) विजय भएका छन् । क्याम्पसमा १ हजार १३९ मतदाता थिए, जसमा ७८६ जनाको मत खसेको थियो ।