
प्रतिनिधिसभामा उपराष्ट्रपति पदमा निर्वाचित भएका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवको पद रिक्त रहेको जानकारी दिइएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको सोमवारको बैठकको प्रारम्भमै त्यससम्बन्धी जानकारी सदनलाई गराए ।
उनले नेपालको संविधानको धारा ६७ को उपधारा (३) र धारा ८९ को खण्ड (क) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त भएको जानकारी गराएका हुन् ।
यादव बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । यादव यही चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनले सांसद पदबाट राजीनामा दिएका थिए । उक्त क्षेत्रबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चा छ ।