२२ जेठ २०८३, शुक्रबार

शुरू भयो चियाको पहिलो टिपाइ

शुरू भयो चियाको पहिलो टिपाइ
फाइल फोटो

इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ शुरू भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ शुरू भएको हो । 

चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महंगो मूल्यमा बिक्री हुन्छ ।

चिया किसानले हरियो पत्तीको मूल्यसमेत बढी पाउने गरेका छन् । यस सिजनको चियामा पानीको मात्रा कम हुने गरेकाले पनि यसलाई राम्रो चियाको रुपमा लिने गरिन्छ । 

जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ शुरू भए पनि माथिल्लो र उच्च क्षेत्रमा भर्खरै मुना  पलाउन शुरू भएको छ ।

इलाममा हरियोपत्तीको टिपाइ अर्थात् फस्ट प्लग चैत लागेसँगै शुरू हुन्छ । 

इलामलगायत पूर्वका ११ हजार पाँच सय ६९ हेक्टरमा चिया खेती भइरहेको छ । कुल १४ हजार आठ सय ९८ साना किसान चिया खेतीमा संलग्न छन् । 

हाल यस क्षेत्रमा एक करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख केजी अर्थोडक्स चिया उत्पादन भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्