३१ जेठ २०८३, आइतबार

विश्व मुख स्वास्थ्य दिवसमा साइकल र्‍याली

विश्व मुख स्वास्थ्य दिवसमा साइकल र्‍याली

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले साइकल र्‍यालीको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ ।

दिवसको अवसरमा जनचेतना जागृत गर्न साइकल र्‍यालीको आयोजना गरिएको हो ।

अस्पताल प्राङ्गणबाट शुरू भएको साइकल र्‍याली दीपेन्द्र चोक, लायन्स चोक, पुल्चो हुँदै गैंडाकोटको मौलाकालिका फेदी पुगेको थियो । र्‍याली पुनः कलेज प्राङ्गणमा आएर समापन भएको थियो ।

र्‍यालीमा सहभागीहरूले मुख स्वास्थ्य सम्बन्धी विभिन्न जनचेतनामूलक नारा अंकित प्लेकार्ड बोकेका थिए । हरेक वर्ष २० मार्चका दिन विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्