३० असार २०८३, मंगलबार

लुम्बिनी प्रदेश सरकारले क्रिकेट खेलाडीलाई पुरस्कारसहित सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले क्रिकेट खेलाडीलाई पुरस्कारसहित सम्मान गर्ने
फाइल फोटो

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सोमवारको बैठकले आगामी वर्ष जिम्बाबेमा हुने १ दिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’मा नेपाललाई पुर्‍याउन सफल भएको जनाउँदै प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ खेलाडीलाई जनही १ लाख रुपैयाँसहित पुरस्कृत गर्ने निर्णय छ । 

प्रदेश सरकारका प्रवक्ता तथा शहरी विकासमन्त्री चेतनारायण आचार्यले आईसीसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गौरव बढाएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सहित खेलाडीलाई सम्मान गरिने बताए । 

नवलपरासीका रोहित पौडेल, रुपन्देहीका कुशल भुर्तेल, कुशल मल्ल, मौसम ढकाल, गुल्मीका सोमपाल कामी र प्यूठानका प्रतिश जिसीलाई सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।
 
यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल भएका लुम्बिनी प्रदेशका ५ खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय भएको उनले बताए ।

हालै यूएईमा सम्पन्न यू–१९ एसिया छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका यू–१९ का कप्तान रुपन्देहीका देव खनाल, दुर्गेश गुप्ता, कपिलवस्तुका आकाश त्रिपाठी, बर्दियाका विशालविक्रम केसी र अर्घाखाँचीका उत्तम थापामगरलाई नगदसहित सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्