×

NMB BANK
NIC ASIA

कोशी प्रदेश नामकरणपछि मुख्यमन्त्री कार्कीको अभिव्यक्तिले आन्दोलनमा घ्यू थप्यो

चैत ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

फागुन १७ गते एकाएक छापामार शैलीमा प्रदेशको नामकरण गरियो । पहिलो कार्यकाल बेनामे भएपछि यसपालि छापामार शैलीमा नाम राखियो । त्यसपछि लगातार आन्दोलनका कार्यक्रमहरू भइरहेका छन् । जातीय पहिचान पक्षधरहरूले आन्दोलन गरिरहेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

लामो समय शान्त रहेको तथा बन्द हड्तालको दुष्चक्रबाट मुक्ति पाएझै भइसकेको विराटनगरमा यतिबेला ढुंगामुढा बर्सिन थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामो समय जातीय पहिचानको आन्दोलन चलेको प्रदेशमा नामकरण नै जातीय पहिचानविहीन बनाइएको भन्दै आन्दोलनले उग्ररूप लिन थालेको छ । जातीय पहिचान पक्षधरहरूले आन्दोलनलाई कडा बनाउँदै लैजान थालेका छन् ।


Advertisment
Nabil box
Kumari

आइतवार विराटनगरको रोडशेष चोक दिनभरजसो नै  तनावग्रस्त बन्यो । आन्दोलनबीच ढुंगामुढा र अश्रुग्यास प्रहार भए । सोमवार ओखलंगामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीमाथि आक्रमण नै भयो तर कडा सुरक्षा चुनौतीबीच हिँडिरहेकाले कुनै दुर्घटना हुन पाएन । 

Vianet communication
Laxmi Bank

आन्दोलन चर्किनुको कारण मुख्यमन्त्रीले गरेको भाषण नै भएको बताइएको छ । आइतबार ओखलढुंगा पुगेका मुख्यमन्त्री कार्कीले प्रदेश सभाका ९० प्रतिशत सांसदको समर्थनमा कोशी नामकरण भएको भन्दै अब त्यसबारे कुनै छलफल समेत नहुने बताएका थिए ।

विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदेशको पुनः नामकरण गरी पहिचान कायम गर्नुपर्ने माग गर्दै प्रदर्शन भइरहेका बेला मुख्यमन्त्री कार्कीले कोशी नाममा सबैको पहिचान र अपनत्व रहेको भन्दै त्यसबारे अब छलफल समेत नहुने अभिव्यक्ति दिएपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन् । 

कोशी प्रदेशको नाम संशोधन गरी पहिचानसहित पुनः नामकरण गर्नुपर्ने भन्दै आन्दोलन कडा बनिरहेका बेला कार्कीले प्रदेशको नामका विषयमा अब कुनै छलफल नगर्ने भनेर आन्दोलनमा घ्यु थपेको आरोप पहिचान पक्षका नेताहरूको छ । 

आइतवार मुख्यमन्त्री कार्यालयनजिकै आन्दोलन गरेका आन्दोलनकारीले नामकरणको विषयमा पुनर्विचार गर्न भन्दै ७२ घण्टे अल्टिमेटम दिएका छन् । ७२ घण्टाभित्रमा छलफल नगरे आन्दोलनलाई उग्र बनाइने संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले चेतावनी दिए । । पहिचानवादी नेता पूर्व मन्त्री गोपाल किरातीले पहिचानको आन्दोलनलाई दबाउने प्रयास सरकारको लागि महंगो साबित हुने भन्दै बन्दुक उठाउने चेतावनी दिएका छन् । 

प्रदेशकै केही मन्त्रीहरूले गल्ती गरेको भन्दै माफी मागिसकेका छन् ।  कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले केही दिनअघि विराटनगरमै सार्वजनिक कार्यक्रममै कोशी नाम राखेर आफूहरूले गल्ती गरेको भए माफी दिन आग्रह गरेका छन् । 

धेरै सांसदहरू नामकरणपछि आफ्नो निर्वाचन क्षेत्रमा पनि जान सकेका छैनन् । एक प्रदेशसभा सदस्यले भने, ‘कोशी भनेर भन्न पनि सकेका छैनौं । आफ्नै निर्वाचन क्षेत्रका मतदातासँग पनि डराएर बोलिरहेका छौं । पहिचान पक्षधरहरूसँग त बोल्न नै डर लागिरहेको छ ।’ 

प्रदेश सरकारकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले सरकारले आन्दोलनरत पक्षलाई बेवास्ता गरेको आरोप लगाइन् । आन्दोलनरत पक्षसँग सरकारले छलफल गर्नुपर्ने उनको भनाइ छ । 

फागुन १७ गते बुधवार प्रदेशसभा लाइभ बन्द गर्दै र पत्रकारलाई बाहिर निकालेर त्यही दिन राति संसद्को दुईतिहाइभन्दा बढी मतले १ नम्बर प्रदेशको नाम ‘कोशी’ राखिएको थियो । 

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालले  ‘किरात–लिम्बुवान–सगरमाथा’ नाम प्रस्ताव गरेका थिए भने एमाले, कांग्रेस, माओवादी र राप्रपाले कोशी प्रदेश प्रस्ताव गरेका थिए । एस र जसपाले ल्याएको नाम दुईतिहाइले अस्वीकृत भएको थियो ।

प्रदेश सभाका ९३ सदस्यमध्ये कोशीको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा ४ मत परेको थियो । एस र जसपाका ५ सांसद थिए तर जसपाकी निर्मला मतदान गर्ने बेला बाहिर गएकी थिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x