×

NMB BANK
NIC ASIA

सुकुना बहुमुखी क्याम्पसमा पुनः लिम्बु निर्वाचित

चैत ७, २०७९

NTC
Premier Steels

मोरङको सुकुना बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियु पहिलोपटक पराजित भएको छ ।

Muktinath Bank

यसअघि भएका सबै चुनावमा जितेको अनेरास्ववियुले २०७९ चैत्र ६ गते भएको चुनावमा आफ्नै संगठनबाट फुटेर गएको एकीकृत समजावादी निकटको अनेरास्ववियूसँग पराजय भोग्नुपरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि यज्ञ सुवेदी, राजकुमार ओझा, गोपाल श्रेष्ठ, देवी राई, भुपाल बस्नेत, बद्री अर्याल र सन्तोष लिम्बु अनेरास्ववियुबाट निर्वाचित भएका थिए । 


Advertisment
Nabil box
Kumari

स्ववियु सभापतिमा पुनः सन्तोष लिम्बु नै निर्वाचित भएका छन् । लिम्बु नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका नेता हुन् । २०७३ सालमा सभापति निर्वाचित हुँदा उनी नेकपा एमाले निकटको अनेरास्ववियुमा थिए ।

Vianet communication

यसपालि लिम्बु १ हजार ३८२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमाले निकटको अनेरास्ववियुका मनोज कार्कीले ६५७ मत मात्रै प्राप्त गरेका छन् । विद्यार्थी संगठनहरूबीच विवाद हुँदा चैत्र ६ गते मात्रै क्याम्पसमा चुनाव भएको थियो । 

सचिवमा एमाले निकटको अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन् । ओझाले १ हजार १४ मत प्राप्त गर्दा नेविसंघका निराजन धमलाले १ हजार ६ मत मात्रै ल्याएका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सतिस कार्की निर्वाचित भएका छन् । उनले १ हजार ३२५ मत ल्याएका छन् भने अनेरास्ववियुकी हेमकुमारी नेपालीले ६९५ मत मात्रै ल्याएकी छन् ।

सुकुनामा सत्ता गठबन्धनका विद्यार्थीले प्यानल बनाएका थिए । सदस्यहरूमा पनि बुहमत सदस्य सत्ता गठबन्धनका विद्यार्थीले जितेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x