२२ असार २०८३, सोमबार

सुकुना बहुमुखी क्याम्पसमा पुनः लिम्बु निर्वाचित

सुकुना बहुमुखी क्याम्पसमा पुनः लिम्बु निर्वाचित

मोरङको सुकुना बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियु पहिलोपटक पराजित भएको छ ।

यसअघि भएका सबै चुनावमा जितेको अनेरास्ववियुले २०७९ चैत्र ६ गते भएको चुनावमा आफ्नै संगठनबाट फुटेर गएको एकीकृत समजावादी निकटको अनेरास्ववियूसँग पराजय भोग्नुपरेको छ । 

यसअघि यज्ञ सुवेदी, राजकुमार ओझा, गोपाल श्रेष्ठ, देवी राई, भुपाल बस्नेत, बद्री अर्याल र सन्तोष लिम्बु अनेरास्ववियुबाट निर्वाचित भएका थिए । 

स्ववियु सभापतिमा पुनः सन्तोष लिम्बु नै निर्वाचित भएका छन् । लिम्बु नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका नेता हुन् । २०७३ सालमा सभापति निर्वाचित हुँदा उनी नेकपा एमाले निकटको अनेरास्ववियुमा थिए ।

यसपालि लिम्बु १ हजार ३८२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमाले निकटको अनेरास्ववियुका मनोज कार्कीले ६५७ मत मात्रै प्राप्त गरेका छन् । विद्यार्थी संगठनहरूबीच विवाद हुँदा चैत्र ६ गते मात्रै क्याम्पसमा चुनाव भएको थियो । 

सचिवमा एमाले निकटको अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन् । ओझाले १ हजार १४ मत प्राप्त गर्दा नेविसंघका निराजन धमलाले १ हजार ६ मत मात्रै ल्याएका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सतिस कार्की निर्वाचित भएका छन् । उनले १ हजार ३२५ मत ल्याएका छन् भने अनेरास्ववियुकी हेमकुमारी नेपालीले ६९५ मत मात्रै ल्याएकी छन् ।

सुकुनामा सत्ता गठबन्धनका विद्यार्थीले प्यानल बनाएका थिए । सदस्यहरूमा पनि बुहमत सदस्य सत्ता गठबन्धनका विद्यार्थीले जितेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्