पेरिस सेन्ट जर्मान क्लबका सुपरस्टार खेलाडी किलियन एम्बाप्पेलाई फ्रान्सेली राष्ट्रिय फूटबल टोलीको कप्तान बनाइएको लक्विपे पत्रिकाले खबर दिएको छ ।
प्रशिक्षक डिडिएर डिशँसँग कुराकानी गरेपछि एम्बाप्पेले कप्तानी स्वीकार गरेको बताइएको छ ।
बहालवाला कप्तान ह्युगो लोरिसले गत जनवरी महिनामा अन्तर्राष्ट्रिय फूटबलबाट संन्यास लिएपछि एम्बाप्पेलाई कप्तान बनाउन खोजिएको थियो ।
एम्बाप्पेले ६६ पटक फ्रान्सको प्रतिनिधित्व गरेका छन् । फ्रान्स सन् २०१८ मा विश्वकप जित्दा अनि सन् २०२२ मा दोस्रो हुँदा एम्बाप्पेले प्रमुख भूमिका निर्वाह गरेका थिए ।