२१ जेठ २०८३, बिहीबार

स्वतन्त्र निर्वाचित लुम्बिनीका सांसद माओवादीमै फर्किए

स्वतन्त्र निर्वाचित लुम्बिनीका सांसद माओवादीमै फर्किए

लुम्बिनी प्रदेशसभाका स्वतन्त्र सांसद सुरुल पुन माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

रुकुमपूर्व १(क) बाट निर्वाचित पुनले मंगलबार लुम्बिनी प्रदेशसभा संसदीय दलको कार्यालयमा पत्र पठाएर माओवादी रोजेको जानकारी गराएका हुन् ।

माओवादी नेता उनी निर्वाचनमा गठबन्धनबाट टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पुनलाई पार्टीले स्वागतसहित भित्र्याएको जानकारी दिए । 

पुनले पार्टीका आधिकारिक उम्मेदवार तेजबहादुर वलीलाई पराजित गरेका थिए ।

यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र रोजेका थिए । उनले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका थिए ।

पुनले गठबन्धनका उम्मेदवार कांग्रेसका अमर पुनलाई हराएका थिए । योसँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको संख्या ११ पुगेको छ ।

प्रदेशसभामा माओवादी तेस्रो शक्ति हो । 
 

salt training

कमेन्ट गर्नुहोस्