
नेपाल कानून व्यवसायी परिषदले कानून व्यवसायीको पेशागत आचरण नियमावलीमा दौरा सुरुवाल पोशाक तोकेको प्रति आपत्ति जनाउँदै सच्याउन निवेदन परेको छ।
अधिवक्ता डा सुनिल रंजन सिंहले नियमावली सच्याउन माग गर्दै परिषदमा बुधबार निवेदन दर्ता गराएका हुन् ।
अहिलेसम्म नेपालको संविधानले कुनै पनि पोशाकलाई राष्ट्रिय पोशाक नतोकेकाले जबरजस्ती दौरा सुरुवाललाई राष्ट्रिय पोशाक उल्लेख गरिएको कार्य स्वीकार्य नहुने भन्दै नियमावली सच्याउन उनले माग गरेका हुन् ।
*यसअघि भूलवश राखिएको शीर्षक सच्याएका छौँ- सम्पादक