१० साउन २०८३, आइतबार

कोशीमा भइरहेको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न मन्त्रीको आग्रह

कोशीमा भइरहेको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न मन्त्रीको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पहिचानको आन्दोलनमा जीवन गुमाएका पदम लिम्बूसहित अन्य आन्दोलनकर्ताबारे सरकारको ध्यानाकर्षण गराएको बताएका छन्।

मन्त्री किरातीले मिस लम्बू २०७९ को उद्घाट गर्दै शनिवार काठमाडौं आफैँ सरकारमा रहेर सरकारलाई नै ध्यानाकर्षण गराएको अभिव्यक्ति दिए।

उनले शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकमा आफूले सरकारलाई कोशी प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको जानकारी दिए। मन्त्री किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आन्दोलनबारे आफू गम्भीर रहेको कुरा आफूलाई बताएको पनि मन्त्री किरातीले स्पष्ट पारे। 

उनले भने, ‘हिजोमात्रै मैले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छु, मन्त्रीपरिषद्को बैठकमा । हाम्रो पूर्वको अहिलेको आन्दोलनको सन्दर्भमा । जसले वीरगति प्राप्त गर्नुभयो, उहाँको परिवारको र आन्दोलनको सन्दर्भमा सरकारले केही बोल्नुपर्छ भनेर राखेपछि प्रधानमन्त्रीले नै केही न केही म बोल्नेछु भन्नुभएको छ ।'

मन्त्री किरातीले एकल संस्कृति र एकल पहिचानले देश नबन्ने दाबी गरे। उनले सबैको सौन्दर्य र पहिचानलाई पनि उत्तिकै मान्यता दिनुपर्ने पनि बताए।

salt training

कमेन्ट गर्नुहोस्