११ साउन २०८३, सोमबार

महिलाहरू आर्थिक रूपमा पुरुषको पछि लाग्न हुँदैन- कुन्ती पोखरेल

महिलाहरू आर्थिक रूपमा पुरुषको पछि लाग्न हुँदैन- कुन्ती पोखरेल

राप्रपा नेतृ कुन्ती पोखरेलले पोख्रेलले महिलाहरू आर्थिक रुपमा पुरुषको पछि लाग्न नहुने बताएकी छन्। 

काठमाडौँ निर्वाचन क्षेत्र २ अन्तर्गत कागेश्वर मनोहरा नगरपालिकामा पार्टीले गरेको महिला भेलामा उनले आर्थिक रूपमा आफू सक्षम हुन महिलाले आफ्नो क्षेत्रमा आयआर्जनमुखी काम गर्नुपर्ने पनि बताइन् । त्यसका लागि महिलालाई उद्यमी हुनुपर्ने र उद्यमशील महिला नै यो समाजमा समक्ष हुने उनले बताइन्। 

आफूहरूले उत्पादन गरेका सामान महिलाले आफ्नै जस्तो गरी उपयोग गर्नुपर्ने र त्यसबाट आफूहरूको हक अधिकार सुनिश्चित हुने उनको भनाइ थियो।

उनले भनिन्, ‘हाम्रो छिमेकी मुलुक भारतमा पनि हिजो विकासको लागि महिला सशक्तीकरण नै महत्वपूर्ण रहेको थियो ।’ हाम्रो देश नेपालमा पनि महिला सशक्तिकरण विकासको मूल आधार हो, नेपालमा पनि समाजको उन्नतिको लागि महिला संगठन दरिलो चाहिन्छ । देश विकासको हरेक क्षेत्रमा महिला सहभागिताको आवश्यकता छ ।’

अहिलेसम्म राजनीतिक दलहरूले जति महिलाको हक अधिकारका कुरा गरे पनि त्यो कागजमै सीमित भएको उनले तर्क गरिन्। 

'अहिले पनि नेपाली महिला शोषण, दमनमा परिरहेका छन् । छिमेकी मुलुक भारतमा महिला हकहितका लागि प्रत्येक घर–घरमा महिलाले उत्पादन गरेका समान प्रयोग गरेर पनि महिलालाई माथि उठाउने काम गरिन्छ । तर, हाम्रो देशमा महिलाहरू उद्यमशील बन्छु भन्दा पनि सरकार र सम्बन्धित निकाय र महिलाबाटै सहयोग भएको पाइँदैन,' उनले बताइन्। 

नेपाली महिलाको विकास उन्नतिका लागि महिलाले नै त्यसको समाधानमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन्। 

'आफू सक्षम हुनुपर्छ, त्यसका लागि महिला उद्यमीहरूले उत्पादन गरेका समग्रीहरूको महिलाले नै उपयोग गर्नुपर्छ । किनभने हरेक परिवारमा कुन सामानको खाँचो भन्ने कुरा महिलालाई थाहा हुन्छ,' उनले विस्तार गर्दै भनिन्, ' कुन उद्यमीले उत्पादन गरेको सामान आफ्नो हितमा छ भन्ने कुरा पनि महिलालाई नै थाहा हुन्छ । त्यसको लागि महिला उद्यमीलाई अगाडि बढाउनुपर्छ ।'

राज्यका हरेक अंगले महिला हक अधिकारका कुरा उठाए पनि त्यो नारामा मात्रै सीमित भएको उनको बुझाइ थियो। 

उक्त भेलामा ७ सयभन्दा बढी महिलाहरूको उपस्थिति रहेको थियो ।

null

null

salt training

कमेन्ट गर्नुहोस्