१० साउन २०८३, आइतबार

नेपाल पुलिस क्लब क्वाटरफाइनल प्रवेश

नेपाल पुलिस क्लब क्वाटरफाइनल प्रवेश

धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप, २०७९ फुटबल प्रतियोगिता’अन्तर्गतको शनिबारको खेलमा नेपाल पुलिस क्लबले क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

 पुलिस क्लबले विदेशी टोली दार्जिलिङको जर्जियन एफसीलाई पेनाल्टी सुटआउटमा ३–० गोलअन्तरले पराजित गरेको हो ।  पुलिसका मनोज राईको आत्मघाती गोलमा विदेशी टोलीले आठौँ मिनेटमा अग्रता लिएको थियो । पुलिसका भोला सिलवालले ४२औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेलान्टी सुटआउटमा गरिएको हो । पुलिसका भोला सिलवाल, पृथ्वी चौधरी र सुमन सुवेदीको पेनाल्टी सफल भयो । विदेशी टोलीका प्रवेश रोय, प्रणय मुखिया र सोनम लेप्चाको प्रहार असफल भयो । पुलिसले अब सेमिफाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ । आइतबार क्वाटरफाइनलको खेलको प्रतिस्पर्धा फ्रेन्डस् क्लब र थ्रीस्टारबीच हुनेछ ।

यही चैत १८ सम्म हुने प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोट्स क्लबसहित १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् । मोफसलमा सर्वाधिक धनराशि पुरस्कारको यो प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेताले रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ ।  यस्तै उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगिताका सबै प्रतिस्पर्धामा ‘म्यान आफ दि म्याच’ घोषित खेलाडीलाई रु १० हजारका दरले पुरस्कार दिइने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्