भारतीय क्रिकेट टीमका खेलाडी शिखर धवनले आफूलाई विवाहबारे अनुभव नभएकाले सम्बन्धविच्छेदको अवस्था आएको बताएका छन् ।
भारतीय सञ्चारमाध्यम आजतकसँग कुराकानी गर्दै उनले पत्नी आयशा मुखर्जीसँग सम्बन्धविच्छेदको मामिला अगाडि बढ्नुमा आफ्नै कमजोरी रहेको बताए । यतिबेला सम्बन्धविच्छेदको मुद्दा अदालतमा विचाराधीन छ ।
उनले भने, ‘हाम्रो वैवाहिक जीवन अन्त्य हुनुमा म जिम्मेवारी छु, किनकि मलाई यो फिल्डको अनुभव थिएन ।’
उनले अदालती मुद्दा टुंगिएपछि आफूले विवाह गर्नेबारे सोच्ने बताए । ‘अब म जानकार भइसकेको छु, मलाई कस्तो पत्नी चाहिन्छ भन्ने मैले बुझिसकेको छु, त्यसैअनुसार अगाडि बढ्छु,’ उनले भने ।