२९ असार २०८३, सोमबार

कांग्रेस बदमास र फटाहा थियो भन्ने मलाई सानैदेखि थाहा थियो : केपी ओली

कांग्रेस बदमास र फटाहा थियो भन्ने मलाई सानैदेखि थाहा थियो : केपी ओली

एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस फटाहा छ भन्ने आफूलाई सानैदेखि थाहा भएको बताएका छन् ।

पार्टीको ग्रासरुट अभियानका लागि गुल्मी पुगेका ओलीले कांग्रेस सधैं बदमास फटाहा पार्टी भएको आरोप लगाएका हुन् ।  

‘म राजनीतिमा जोडिएको ५८ वर्ष भयो । कांग्रेस बदमास छ, फटाहा छ भन्ने मलाई सानैदेखि नै थाहा छ । ओलीले भने । 

कांग्रेसहरूले सुशील कोइरालालाई इमान्दार र सोझा भन्ने गरे पनि उनी विदेशीका गोटी भएको आरोप ओलीले लगाए । ‘

‘सुशील कोइरालालाई इमानदार सोझा भनेर चित्रित गरिथ्यों । तर उनी पनि के को सोझो हुनु आफ्नो स्वार्थमा मलाई सम्झौता नै याद छैन भन्थे । हामीविरुद्ध उनी विदेशीको उम्मेदवार बनेर प्रधानमन्त्रीमा उठे ।’

कांग्रेसको षडयन्त्रविरुद्ध विकल्प तयार गरेकोले कांग्रेस र सुशील कोइरालालाई पराजित गरी आफू प्रधानमन्त्री बनेको र सरकार बनाएको टिप्पणी उनको थियो । 

salt training

कमेन्ट गर्नुहोस्