×

NMB BANK
NIC ASIA

रङ्गमञ्चले मित्र राष्ट्रहरूसँग भावनात्मक सम्बन्ध निर्माण गर्छ : पर्यटनमन्त्री किराती

चैत १३, २०७९

NTC
Premier Steels

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले रङ्गमञ्च छरिएर रहेका विश्व समुदायलाई जोड्ने माध्यम रहेको बताएका छन् । 

Muktinath Bank

६२ औँ विश्व रङ्गमञ्च दिवसको अवसरमा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा  उनले मित्र राष्ट्रहरूसँग भावनात्मक सम्बन्ध निर्माण गर्ने भरपर्दो पुलको काम रङ्गमञ्च रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटनमन्त्री किरातीले रङ्गमञ्च जीवन र जीविकाका लागि रहेको उल्लेख गर्दै यसलाई पर्यटनसँग जोडेर विकास र उन्नयनमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari

उनले रङ्गकर्मीहरूसँग आफूले तीन वटा अपेक्षा गरेको पनि बताए । ‘समाजवाद उन्मुख सृजनाहरू गरेर यो समाजलाई पूँजीवादी संस्कृतिको चङ्गुलबाट पार लाउनु पर्ने हुन्छ ।’ उनले भने । 
मन्त्री किरातीले नेपाली मौलिक हरिसिद्धि नाच, जलप्याखः जस्ता अमूर्त सम्पदा तथा डबली परम्परालाई प्रवर्द्धन गर्न सके नेपालले धेरै पर्यटकहरूलाई आकर्षित गरी विदेशी मुद्रा आर्जन गर्न सकिने पनि बताए । 

Vianet communication

विश्व रङ्गमञ्च दिवसको अवसरमा प्रतिष्ठान र माला आर्ट्स एकेडेमीको संयुक्त आयोजनामा प्रतिष्ठान परिसरमा भएको कार्यक्रममा वरिष्ठ नाटककार अभि सुवेदीले विश्व रङ्गमञ्च सन्देशका रूपमा अन्तर्राष्ट्रिय रङ्गमञ्च संस्थाले छनोट गरेको इजिप्टकी प्रख्यात अभिनेत्री समिहा अयुवाद्वारा लिखित सन्देशको नेपाली अनुवाद वाचन गरेका थिए । उक्त सन्देश डा शिव रिजालली नेपालीमा अनुवाद गरेका हुन् । 

कार्यक्रममा वरिष्ठ रङ्गकर्मी सुनिल पोखरेलले ६२ औँ रङ्गमञ्च सन्देशका लेखक समिहा अयुवका बारेमा जानकारी गराए । 

प्रतिष्ठानका कुलपति निशा शर्माले मौलिक कलाको संवर्द्धन र प्रवर्द्धनका निम्ति हरेक पालिकामा रहेका मौलिक कला तथा सोसँग सम्बिन्धित व्यक्तिहरूसँगको अन्त्वार्ता आर्काइभका रूपमा राख्नुपर्नेमा जोड दिइन् । 

प्रतिष्ठानकै उपकुलपति शम्भु राईले प्रज्ञा प्रतिष्ठानसँग जग्गा उपलब्ध भए पनि कार्यक्रम गर्ने हलको अभावमा पाल टाँगेर कार्यक्रम गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ अभिनेता सरोज खनालले रङ्गमञ्चलाई प्रवर्द्धन गर्नका निम्ति माला आर्ट्स एकेडेमीमार्फत विविध गतिविधिहरू गर्र्दै आएको बताए । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई तथा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमूनि हार्तुछाली, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञलगायत वरिष्ठ स्रष्टा तथा सर्जकहरूको उपस्थिति रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x