२० असार २०८३, शनिबार

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेलाई तत्काल रिहा गर्न विश्वप्रकाश शर्माको माग

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेलाई तत्काल रिहा गर्न विश्वप्रकाश शर्माको माग

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचणड'विरुद्ध सार्वजनिक कार्यक्रममा नाराबाजी गर्ने युवाहरूलाई रिहा गर्न नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आग्रह गरेका छन्। 

सामाजिक सञ्जालमार्तफ शर्माले  लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने भन्दै प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद् र आपत्तिजनक रहेको लखेका छन्। 

'आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु' शर्माले भनेका छन्। 

चैत ७ गते बानेश्वरस्थित एक कार्यक्रमा प्रचण्ड सहभागी हुने क्रममा ती युवाहरूले 'गरिबमारा प्रचण्ड' मुर्दाबादको नारा लगाएका थिए। 

प्रधानमन्त्रीविरुद्ध नारा लगाउने सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई  प्रहरीले पक्राउ गरेको थियो। 

यसैबीच धरौटी बुझाउन नमानेपछि उनीहरूलाई कारागार चलान गरिएको छ। 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आइतबार उनीहरूलाई जनही ५ हजार धरौटीमा छाड्ने निर्णय गरेका थिए । तर, उनीहरूले धरौटी रकम नमानेपछि थुनामा पठाएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्