×

NMB BANK
NIC ASIA

भ्रष्टाचारीलाई सजाय

सहलेखापाल रहँदा ४ पत्नी तथा सासूका नाममा अकुत सम्पत्ति राख्ने अधिकारी दोषी ठहर

विशेष अदालतद्वारा ६ महिना कैद तथा ३ करोड ९६ लाख जरिवाना सजाय

चैत १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अकुत सम्पत्ति आर्जन गरी ४ जना पत्नी तथा सासु समेतका नाममा घरजग्गा राखेका सहलेखापाल सुरेश अधिकारीलाई विशेष अदालतले ६ महिना कैद सजाय गरेको छ । 

Muktinath Bank

चैत १७ गते विशेष अदालतका न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले लेखापाल अधिकारीलाई ६ महिना कैद तथा ३ करोड ९६ लाख ११ हजार रुपैयाँ जरिवाना गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष अदालतका प्रवक्ता दिपेन्द्र नाथ योगीका अनुसार बाँकी प्रतिवादीहरूको हकमा सोही रकम बराबरको सम्पत्ति जफत गर्ने फैसला भएको हो । अधिकारीले ४ जना पत्नी राखेको, चारैजना पत्नीको नाममा जग्गा खरिद गर्ने, घर बनाउने, सवारीसाधन खरिद गर्नेदेखि विलासिताका लागि मनोरञ्जनका सामानहरूमा अस्वाभाविक लगानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा भेटिएको थियो । त्यति मात्र होइन, सासूको नाममा, नातामा मामा पर्ने व्यक्तिको नाममा समेत सम्पत्ति खरिद गरेर राखेको भेटिएको थियो ।


Advertisment
Nabil box
Kumari

उनले ४ पत्नी ३४ वर्षीया दूर्गा अधिकारी, ३० वर्षीया दीपा श्रेष्ठ, २५ वर्षीया सुस्मिता अधिकारी र २४ वर्षीया सोममाया श्रेष्ठको नाममा तराईका विभिन्न जिल्लामा महंगा स्थानमा जग्गा खरिद गरेर आलिसान घर बनाउने काममा लगानी गरेका थिए । सबै पत्नीका लागि छुट्टाछुट्टै करोडौंको घर, इन्टेरियर डिजाइनमा मात्र लाखौं रुपैयाँको लगानीसहित २० लाख रुपैयाँको ६० तोला सुन नै खरिद गरेका थिए ।

Vianet communication
Laxmi Bank

त्यति मात्र होइन, उनले सासू पुष्पकुमारी निरौला र नातामा मामा पर्ने बलराम शर्माको नाममा घरजग्गासहित चलअचल सम्पत्ति जोडेका थिए । २०६८ पुस १७ गते पत्नी दुर्गा अधिकारीको नाममा दर्ता कायम रहने गरी मोरङको कञ्चनबारीको १८ धुर जग्गामा बनाएको घरको इन्टेरियर डेकोरेसनमा मात्रै ३७ लाख २८ हजार ८८ रुपैयाँ खर्च गरेका थिए ।

२०७० मंसिर २० गते सासू पुष्पकुमारी निरौलाको नाममा खरिद गरेको इटहरीस्थित ९ धुर जग्गामा २०७२ साउन २६ गते निर्माण सम्पन्न गरेको घरको इन्टेरियर डेकोरेसनमा ९२ लाख ३५ हजार २७३ रुपैयाँ खर्च भएको थियो ।

अर्की सासू सीताकुमारी श्रेष्ठ –पत्नी दीपा श्रेष्ठकी आमा)को नाममा दर्ता कायम रहने गरी मोरङको कञ्चनबारीमा १ कठ्ठा जग्गा २० लाख ६० हजार रुपैयाँमा खरिद गरेका थिए ।

अधिकारीले आफ्ना सहयोगी राजेन्द्र उपाध्याय लुइँटेलमार्फत अस्वाभाविक रूपमा मामा नाता पर्ने बलराम शर्माको नाममा दर्ता कायम रहने गरी खरिद गरी राखेको बा१५च ६६६४ नम्बरको टोयटा जीप भने उनकी पत्नी सुस्मिताले प्रयोग गर्ने गरेकी थिइन् ।

गाडी सुस्मिताले माइतीघर भारतको जलपाइगुडी जिल्ला ओदलबारीमा राखेकी थिइन् । ना२ख २२६१ नम्बरको ट्रक र टोयटाको फर्चुनर गाडी भने १ करोड ५९ लाख ८० हजार रुपैयाँमा अधिकारीले खरिद गरेका थिए ।

अधिकारीले आफ्ना सहयोगी राजेन्द्र उपाध्यायमार्फत बुवा ढुण्डीराज अधिकारीको नाममा रहेको बैंक खातामा ९९ लाख ९५ हजार रुपैयाँ नगद जम्मा गराएका थिए ।

नेपाल एसबीआई बैंकमा पत्नी सोममायाको नाममा रहेको खातामा १० लाख हालेका थिए भने बालुवा रिक्सा व्यवसाय गर्ने साथीलाई मनोरञ्जनका लागि ८ लाख रुपैयाँ खर्च गरेका थिए ।

अन्य बैंक तथा वित्तीय संस्थामा पत्नीको खातामा ८ लाख २८ हजार ५२ रुपैयाँ हालेका थिए । ४ वटी पत्नीका लागि २० लाख रुपैयाँमा ६० तोला सुन खरिद गरेका थिए । उनले आफ्नै घरमा मनोरञ्जनका लागि डान्सबार समेत सञ्चालन गरेका थिए ।

२०५९ सालदेखि विभिन्न ठाउँमा कार्यरत रहँदा कमाए अकुत सम्पत्ति

सुरेश अधिकारी २०५९ असोज १६ गते सरकारी सेवामा प्रवेश गरेका थिए । रोल्पामा गाविस सचिवको रूपमा जागिरमा प्रवेश गरेका उनले २०६० जेठ २५ गतेसम्म गाविस सचिवको रूपमा काम गर्दा उनको पारिश्रमिक बचत १८ हजार ४०० रुपैयाँ देखिएको थियो । त्यसपछि २०६० जेठ २६ गतेदेखि २०६५ चैत्र १९ गतेसम्म नेपाल दूरसञ्चार कार्यालयमा सहायक कर्मचारीको रूपमा काम गरेका उनको बचत २ लाख ५१ हजार ६७४ रुपैयाँ थियो ।

दूरसञ्चारमा कार्यरत रहँदा वार्षिक भत्ता, बोनस, प्रोत्साहन समेतको आय जोड्दा ५ लाख ६३ हजार ९२२ रुपैयाँ मात्र बचत देखिएको थियो ।

त्यसपछि २०६५ चैत्र ३० गते लेखापालमा नियुक्त भएका उनले २०६७ चैतसम्म लेखापालको रूपमा कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुरमा काम गरेका थिए । २०६७ चैतदेखि २०७४ वैशाख ६ गतेसम्म यातायात व्यवस्था कार्यालय इटहरीमा लेखापालको रूपमा काम गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट २०६५ चैत्र ३० देखि २०७४ वैशाख ६ गतेसम्म कर्मचारी सञ्चय कोषमा उनको बचत ३ लाख ५० हजार १७३ रुपैयाँ मात्र देखिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकबाट लिएको कर्जा २२ लाख ३३ हजार ५०० रुपैयाँ, जग्गा बिक्री गरेबापत भएको आम्दानी १ लाख ५ हजार रुपैयाँ, अंशमा प्राप्त नगद ५० लाख ५० हजार रुपैयाँ, नेपाल दूरसञ्चार कार्यालयमा १ हजार २८५ कित्ता खरिद गरेको साधारण शेयरबाट लाभांशबापत २ लाख ६२ हजार १३६ रुपैयाँ गरी कुल ८८ लाख ३४ हजार ८८५ रुपैयाँ मात्र आय आर्जन गरेको पाइयो ।

२०५९ असोज १६ गतेदेखि २०७५ वैशाख मसान्तसम्मको अधिकारीको आयव्यय तथा सिर्जित सम्पत्तिहरू उपर अख्तियारले विश्लेषण गर्दा उनले तलबभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री, नगद अंश भर्पाइ, कर्जा लगायतबाट ८८ लाख ३४ हजार ८८५ रुपैयाँ मात्र आय आर्जन गरेको तथ्य भेटिएको थियो ।

सोही अवधिमा अधिकारीले आफू र आफ्ना ४ पत्नी दुर्गा, दीपा, सुस्मिता, सोममाया तथा सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम शर्माका नाममा चलअचल सम्पत्ति जोडेका थिए ।

जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मौज्दात लगायतमा ५ करोड ९८ लाख ६८ हजार ५०८ रुपैयाँ खर्च तथा लगानी गरेको भेटिएको थियो ।

अधिकारीको वैध आय ८८ लाख ३४ हजार ८८५ रुपैयाँको तुलनामा ५ करोड १० लाख ३३ हजार ६२३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट अधिकारीको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको थियो । वैध आयको तुलनामा स्रोत खुल्न नसकेको ५ करोड १० लाख ३३ हजार ६२३ रुपैयाँ गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा २०७६ वैशाख २३ गते मुद्दा दर्ता गरेको थियो । अधिकारीसहित उनका चारै पत्नीहरू, सासू र मामा नाता पर्ने बलराम शर्मा समेतलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो ।

यसरी कमाए अकुत सम्पत्ति – ६५ करोड राजस्व हिनामिना

अधिकारीले यातायात व्यवस्था कार्यालयमा लेखापालको पदमा कार्यरत रहँदा विभिन्न समयमा आउने कार्यालय प्रमुखदेखि लेखा अधिकृत, अन्य लेखापाल र कम्प्युटर अपरेटरहरूलाई समेत मिलाएर राजस्व संकलन गरी कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर राजस्व हिनामिना गर्ने गरेका थिए ।

यातायत व्यवस्था कार्यालयमा हुँदा उनले विभिन्न आर्थिक वर्षमा राजस्व चुहावट गरेर ६५ करोड रुपैयाँ भ्रष्टाचार गरेका थिए । विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्वको रकम कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर हिनामिना गर्ने गरेका थिए ।

आर्थिक वर्ष २०७४ मा मात्रै उनीविरुद्ध ६१ करोड रुपैयाँ राजस्व हिनामिनाको अरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । लेखापाल सुरेश अधिकारीले आर्थिक वर्ष २०७०/०७१ देखि आर्थिक वर्ष २०७२/०७३ सम्म ३ वर्षमा रकम हिनामिना गरेको आरोप छ । उनीसँगै उपसचिवहरू रमेशकुमार दाहाल, विष्णुकुमार पौडेल, लेखा अधिकृत कुमारबहादुर कटुवाल तथा लेखापालहरू अधिकारीसँगै देवराज नेपाल र रुद्र दाहालविरुद्ध मुद्दा दर्ता भएको थियो । अधिकारीले सबै कर्मचारीहरूलाई आर्थिक प्रभावमा पारेर राजस्व हिनामिना गरेको कुरा अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।

आर्थिक वर्ष २०७३/०७४ को २०७३ चैतदेखि २०७४ असार मसान्तसम्मको मात्रै राजस्व चुहावटको अनुसन्धान गर्दा संकलित राजस्व प्रचलित कानूनबमोजिम सम्बन्धित राजस्व खातामा दाखिला नगरी/नगराई राजस्व हिनामिना गरेको भन्दै अख्तियारले २०७७ जेठ २५ गते विशेष अदालतमा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दा दर्ता गरेको थियो ।

यातायात व्यवस्था कार्यालय इटहरीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालविरुद्ध १ करोड ८ लाख २९ हजार ६९ रुपैयाँ, अर्का कार्यालय प्रमुख तीर्थराज लम्सालविरुद्ध ३ करोड ३० लाख ७९ हजार ३७३ रुपैयाँ, गोपाल थपलियाविरुद्ध ५६ लाख १२ हजार ५४७ रुपैयाँ, लेखा अधिकृत टीकाराम अधिकारीविरुद्ध १ करोड २५ लाख ४८ हजार ६ रुपैयाँ, लेखापाल सुरेश अधिकारीविरुद्ध ३ करोड ७२ लाख ४४ हजार ७५५ रुपैयाँ बिगो सहितको भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । 

तत्कालीन लेखापाल रुद्रप्रसाद दाहालविरुद्ध ३ करोड ४८ लाख ९३ हजार २१६ रुपैयाँ, तत्कालीन लेखापाल अर्जुन भट्टराईविरुद्ध २ करोड १७ लाख ३२ हजार ४७३ रुपैयाँ, लेखापाल कृष्णप्रसाद कट्टेलविरुद्ध ७३ लाख ६२ हजार ४५५ रुपैयाँ, कम्प्युटर अपरेटर सुजन राईविरुद्ध २२ लाख ४४ हजार ३३६ रुपैयाँ, कम्प्युटर अपरेटर रोशन मस्रांगी मगरविरुद्ध ५ करोड ९४ लाख ९८ हजार ९३१ रुपैयाँ, कम्प्युटर अपरेटर रमेश पौडेलविरुद्ध ५ करोड ९४ लाख ९८ हजार ९३१ रुपैयाँ, कम्प्युटर अपरेटर भूमिराज अधिकारीविरुद्ध ५ करोड ९४ लाख ९८ हजार ३३१ रुपैयाँ, कम्प्युटर अपरेटर हरिमदन ढुंगेलविरुद्ध ५ करोड ९४ लाख ९८ हजार ९३१ रुपैयाँ, कम्प्युटर अपरेटर दीपेन्द्र कुमार मण्डलविरुद्ध १ लाख ४६ हजार ५२६ रुपैयाँ, कम्प्युटर अपरेटर मैयाकुमारी चापागाईंविरुद्ध २२ लाख ४४ हजार ३३६ रुपैयाँ र कम्प्युटर अपरेटर रविनकुमार विश्वासविरुद्ध ४५ हजार ४६१ रुपैयाँ राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।

कर्मचारीलाई गिज्याउने एउटा भ्रष्टाचार मुद्दा– नासुका ४ पत्नी, सबैलाई बंगला, घरमै डान्सबार !

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x