०३ असार २०८३, बुधबार

भारतीय मन्त्री तीन दिने नेपाल भ्रमणमा आउने

भारतीय मन्त्री तीन दिने नेपाल भ्रमणमा आउने

भारत सरकारका केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री तथा रिपब्लिकन पार्टी अफ इण्डियाका अध्यक्ष रामदास आठवले तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् । 
रिपब्लिकन फाउन्डेसन (नेपाल) ले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भारतीय राज्यमन्त्री आठवलेको नेपाल भ्रमणका बारेमा जानकारी गराएको हो । 

बुद्धका माहान् अनुयायी डा.अम्बेडकर को १३२औं जन्मदिन पारेर आयोजना गरिएको कार्यक्रमको निमन्त्रणालाई स्विकार गरी विशिष्ट अतिथिको रुपमा उनी आगामी चैत्र ३० गते नेपाल आउने भएका छन् । 
उनको तीन दिने नेपाल भ्रमणको क्रममा अम्बेडकरको १३२औं जन्मजयन्ती समारोह, विशिष्ट व्यक्तित्वहरूलाई अभिनन्दन र सम्मान सांस्कृतिक कार्यक्रम, फाउन्डेसनको उदघाटन र देवघाट, नवलपरासीमा निर्माणाधिन बुद्ध शान्त पार्कको अवलोकन, देवघाट घोषणापत्र जारीलगायतका कार्यक्रम रहेको बताइएको छ । 

उक्त कार्यक्रममा नेपालबाट पनि विशिष्ट व्यक्तिहरूको प्रतिनिधित्व हुने र नेपाल र भारतबीच भविष्यमा गर्न सकिने कार्यहरूका बारेमा छलफलसमेत हुने रिपब्लिकन फाउन्डेसन (नेपाल) का महासचिव प्रकाश सुवेदीले बताए । 
 । 
 

salt training

कमेन्ट गर्नुहोस्