३० जेठ २०८३, शनिबार

एशिया ट्राइयाथलन कपको उपाधि बब र मारगारेटालाई

एशिया ट्राइयाथलन कपको उपाधि बब र मारगारेटालाई

पोखरामा सम्पन्न २०२३ एशिया कप ट्राइयाथलन कपको उपाधि पुरुष तर्फ लक्जम्बर्गका बब हेलर र महिला तर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले हात पारेका छन् । ७५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौड दुरी बबले ५५ मिनट ५५ सेकेन्डमा र मागरगेटाले १ घन्टा ४ मिनट ५१ सेकेन्ड समयका साथ पुरा गर्दै उपाधि जितेका हुन् ।

नेपाल ट्राईयाथलन संघको आयोजनमा भएको २०२३ एशिया ट्राइयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको प्रतियोगिताको एशिया कपतर्फ दोश्रो स्थानमा पुरुष तर्फ उज्वेक्सितानका एलेक्जेन्डर कुरिसोभले उक्त दुरी ५५ मिनट ५७ सेकेन्ड र तेश्रो स्थानमा रहेका लक्जम्बर्गका स्टेफान जाकोसले ५६ मिनट ०१ सेकेन्डमा पुरा गरे । चौथो स्थानमा रहेका जापानका क्योतारो याशिकावाले ५६ मिनट ०९ सेकेन्ड र पाँचौ स्थानमा रहेका न्युजिल्याण्डका ओलीभर लारकोम्बेले ५७ मिनट ५८ सेकेन्ड समयका साथ दुरी पुरा गरे ।

महिला तर्फ जापानकी मिनोरी इकेनो र चिसातो नाकाजिमाले दोश्रो र तेश्रो स्थान प्राप्त गरे । मिनोरीले १ घन्टा ५ मिनट १८ सेकेन्डमा र चिसातोले १ घन्टा ५ मिनट ३० सेकेन्डमा दुरी पुरा गरे । चौथो स्थानमा रोमानियाकी एन्तोनेला मानाक र पाँचौ स्थानमा जापानकी युका सातो रहे । मानाकले १ घन्टा ६ मिनट ४ सेकेन्ड र सातोले १ घन्टा ७ मिनट ३७ सेकेन्डमा दुरी पुरा गरे ।

बिश्व ट्राइयाथलन महासंघको नियम बमोजिम घोषित कुल पुरस्कार रासी मध्ये पहिलोले ३० प्रतिशत, दोश्रोले २५ प्रतिशत, तेश्रोले २० प्रतिशत, चौथोले १५ प्रतिशत र पाँचौले १० प्रतिशत रकम प्राप्त गर्नेछ । त्यसै अनुरुप घोषित कुल ४२ सय डलरबाट शिर्ष तीनले  ६३० डलर, ५२५ डलर र ४२० डलर प्राप्त गरे । यसका साथै विजयीले मेडल र प्रमाण पत्र प्राप्त गरे । चौथो स्थान प्राप्त खेलाडीले ३१५ डलर र पाँचौ स्थानका खेलाडीले २१० डलर सहित मेडल र प्रमाण  पत्र प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्