२१ जेठ २०८३, बिहीबार
राहदानी प्रकरण

रवि लामिछानेमाथि राहदानीको मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

रवि लामिछानेमाथि राहदानीको मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सम्बन्धमा राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता युवराज सफलले सोमवार सर्वोच्च अदालत पुगेर रिट दर्ता गराएका हुन् । रिटमाथि प्रारम्भिक सुनुवाइका लागि मंगलवार पेशी तोकिएको अधिवक्ता सफलले लोकान्तरलाई जानकारी दिए ।

निष्क्रिय नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट लिएको र त्यसको दुरुपयोग गरेकाले उनका सम्बन्धमा अनुसन्धान गरेर मुद्दा दायर हुनुपर्ने रिट निवेदकको माग छ ।

तर, सरकारले यस  विषयमा अनुसन्धान सकेर मुद्दा नचलाउने निर्णय गरेको हो ।

मुद्दा नचलाउने भनी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय कार्यान्वयनमा रोक लगाउन पनि रिट निवेदनमा माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्