०७ असार २०८३, आइतबार

युक्रेनको बाखमुत शहरमाथि पूर्ण नियन्त्रण कायम गरेको वाग्नर ग्रुपको दाबी

चैत २०, २०७९
युक्रेनको बाखमुत शहरमाथि पूर्ण नियन्त्रण कायम गरेको वाग्नर ग्रुपको दाबी

रुसको निजी सैन्य समूह वाग्नर ग्रुपले युक्रेनको बाखमुत शहर पूर्ण रूपमा नियन्त्रणमा लिएको दाबी गरेको छ । 

तर युक्रेन सरकारले आफ्ना सैनिकहरू त्यस शहरमा अझै पनि लडिरहेको जनाएको छ । 

महिनौंदेखि उक्त शहरलाई नियन्त्रणमा लिनका लागि गरेको प्रयास सफल भएको वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले बताए । आफ्ना सैनिकहरूले त्यहाँको प्रशासनिक भवनमा रुसी झण्डा फहर्‍याएको उनको भनाइ छ । 

‘कानूनी दृष्टिले हेर्दा बाखमुत लिइसकिएको छ । शत्रु अहिले पश्चिमी भागमा भेला भएको छ,’ प्रिगोजिनले अडियो सन्देश प्रवाह गर्दै बताए । 

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बाखमुतमा लडाइँ निकै चर्केको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्