२० असार २०८३, शनिबार

मलेसियाले हटायो मृत्युदण्डको व्यवस्था

चैत २०, २०७९
मलेसियाले हटायो मृत्युदण्डको व्यवस्था

मलेसियाको संसद्ले देशमा रहेको मृत्युदण्डको सजायको व्यवस्था खारेज गरेको छ । 

मृत्युदण्डको पर्खाइमा रहेका १३ सयभन्दा बढी कैदीहरूले अब सजायको पुनरवलोकनको अवसर पाउनेछन् । 

सन् २०१८ पछि मलेसियाले कसैलाई पनि मृत्युदण्ड दिएको छैन । 

हत्या र आतंकवाद लगायतका ११ वटा गम्भीर अपराधमा पनि दिँदै आएको मृत्युदण्ड पनि अब हटेको छ । 

तर असाधारण कुनै मुद्दामा मृत्युदण्ड दिने निर्णयको अधिकार न्यायाधीशहरूले आफूसँग राखेका छन् । 

तैपनि गम्भीर अपराधका लागि अब ४० वर्षसम्मको आजीवन कारावास वा कोर्रा हान्ने सजाय दिइनेछ । 

सोमवार संसदमा बोल्दै मलेसियाका कानून उपमन्त्री रामकृपाल सिंहले मृत्युदण्डबाट अपराधमा नलाग्न प्रेरणा नमिलेको बताए । 

मृत्युदण्ड खारेजीको व्यवस्था भूतप्रभावी हुनेछ । अर्थात्, मृत्युदण्ड पाइसकेका मानिसले ९० दिनभित्र सजायको पुनरवलोकनका लागि निवेदन दिन पाउनेछन् । अहिले त्यस्ता १३ सय ४१ कैदी छन् । 

अहिले संसारका ५३ देशमा मृत्युदण्डको व्यवस्था छ ।
 

salt training

कमेन्ट गर्नुहोस्