
उपनिर्वाचन अन्तरगत बारा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारको लहर देखिएको छ । उपनिर्वचनमा बाराबाट २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जवकि कुल ३६ उम्मेदवारमध्ये दलको तर्फबाट १२ जना अर्थात एक तिहाइ मात्रै रहेका छन् ।
बारामा स्वतन्त्रबाट विनोद कुमार कर्ण, धुपलाल हजरा, गिरजा कुमारी, उमा कुमारी कुशवाहा, सिगारी देवी, रिता देवी, दिनेश प्रसाद यादव, असर्फी राउत अहिर, बाबु राम प्रसाद, मुना मंसुरी, जैसी राउत,
धर्मवीर प्रसाद यादव, उमेश प्रसाद यादव, सुरेन्द्रह कुमार सिंह, जितेन्द्रो प्रसाद यादव, दुर्गा प्रसाद कोईरी, बिरेन्द्र प्रसाद यादव, छोटेलाल महतो कोईरी, कुसेसवर साह बनिया, शम्भु प्रसाद साह तेली, राधिका न्यौपाने साह कलवार, रामबालक महरा चमार, सुरज साह तेली र वीरेन्द्र पंडितको उम्मेदवारी रहेको छ ।
यस्तै दलको तर्फबाट जसपाका उम्मेदवार यादव, एमालेका पुरुषेत्तम पौडेललगायतको उम्मेदवारी रहेको छ।
