०३ असार २०८३, बुधबार

फुर्सद हुने मानिसले मात्रै नेपाल एयरलाइन्सको टिकट काट्छन् भन्ने भाष्य छ- प्रदीप पौडेल

फुर्सद हुने मानिसले मात्रै नेपाल एयरलाइन्सको टिकट काट्छन् भन्ने भाष्य छ- प्रदीप पौडेल

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले नेपाल वायुसेवा निगमले आफूलाई अझै विश्वसनीय बनाउन नसकेको बताएका छन्। 

नेपाल वायुसेवा निगम कर्मचारी संघको नवौं केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताए।

नेता पौडेलले वायुसेवा निगमका जहाजहरू अझै पनि तोकिएको समयमा नउड्नाले आम नागरिकमा धेरै समस्या देखिएको बताए।

उहाँले अझै पनि नेपाल एयरलाइन्सको टिकट काट्ने भनेको फुर्सद हुने मानिसहरूले मात्रै हो भन्ने भाष्य समाजमा स्थापित रहेको बताए।

नेता पौडेलले नेपाल वायुसेवा निगमका जहाजमा धेरै प्राविधिक समस्या आउने, पाँग्रा मागेर चलाउनुपर्ने र एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल बोलाउन नसक्ने स्थिति रहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए।

उनले नेपाल एयरलाइन्सलाई व्यवस्थित रुपमा सञ्चालन गर्न जरुरी रहेको बताए।

सरकारले पनि नपाल वायुसेवा निगम व्यवस्थापन गर्न आवश्यक कमदम चाल्न नसकेको पनि गुनासो गरे। 

उनले भने, ‘अहिले त कस्तो छ भने नेपाल एयरलाइन्सको टिकट काट्यो भने फाइभ स्टार होटलमा बस्न पाइन्छ । धेरै हतार नभएका मान्छेहरूले मात्रै यो टिकट काट्ने परिस्थिति हो कि जस्तो देखिन्छ । त्यसैले यसलाई व्यवस्थित ढंगबाट, पांग्रा मागेर चलाउनुपर्ने, त्यसको टेक्निकल पार्ट म बुझ्दिनँ, एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल निकाल्न नसक्ने, यहीँ नेपालका शहरमा नै समयमा जहाज उड्न नसक्ने, यी कुरालाई व्यवस्थित ढंगबाट अघि बढाउन जरुरी छ ।'

यसको व्यवस्थापन पक्षमा धेरै त्रुटि रहेको उनले बताए।

'सरकारले यसलाई व्यवस्थापन गर्ने पक्षमा काम गर्न पनि सकेको छैन, मन्त्री आउँछ, यति मान्छे नियुक्ति गर् भन्छ, सित्तैमा टिकट दे लगायत गतिविधि र समस्याहरू भएका छन् । कसैले संस्थाको अहितमा निर्देशन गर्छ भने त्यसमा नमान्नुस् । माथिदेखि तलसम्म सुधार गर्नुपर्ने धेरै विषय छन्, इच्छाशक्ति हामीमा चाहिन्छ ।’ 

सांसद पौडेलले श्रमजीवीका खास समस्या सम्बोधन गर्न अझै नसकिएको बताए।

उनले अहिलेसम्म पनि नेपाली समाज श्रमजीवीलाई सम्मान गर्नसक्ने स्थितिमा नरहेको बताए। 

salt training

कमेन्ट गर्नुहोस्