
राष्ट्रिय निजामती किताखानाले राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका कर्मचारीलाई वैयक्तिक विवरण अद्यावधिक गराउने सूचना निकालेको छ।
किताबखानाले निजामती सेवा नियमावली, २०५० को नियम १० तथा नियम १० (क) ले सबै सेवा, समूह, श्रेणीका कर्मचारीको अभिलेख राख्ने एवं अद्यावधिक गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ ।
उक्त कानूनी प्रावधानबमोजिम किताबखाना (निजामती) ले कर्मचारीको वैयक्तिक विवरण PIS निरन्तर अद्यावधिक गर्दै आइरहेको छ ।
कर्मचारीको उक्त विवरणहरू प्राप्त नभएको कर्मचारीहरूको वैयक्तिक विवरण पूर्ण रुपमा अद्यावधिक गर्न कठिनाई भएकाले राजपत्रांकित द्वितीय श्रेणी वा सोसरह तथा राजपत्रांकित तृतीय श्रेणी वा सोसरह संघ, प्रदेश तथा स्थानीय तहमा समायोजन भई कार्यरत सबै सेवा, समूह, श्रेणीका कर्मचारीहरूको वैयक्तिक विवरण भर्न किताबखानाले अनुरोध गरेको हो।
हालको पदमा भएको नियुक्ति सरुवा, बढुवा, हालको कार्यालय, शैक्षिक योग्यता र तालिम, औषधि उपचार खर्च लिएको र नलिएको, अध्ययन बिदा, बिदा, तलबी अध्ययन बिदा, बेतलबी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, विभागीय कारबाही, निलम्बन फुकुवा र पारिवारिक विवरण लगायत सबै सूचना अद्यावधिक गराउन भनिएको छ।
उक्त सूचना प्रकाशन भएका मितिबाट १ महिनाभित्र अद्यावधिक गराउन पनि आयोगले भनेको छ।
विवरण अप टु डेट नभएको जानकारी यसलिंकमा प्रयोगकर्ता दर्ता गरी हेर्न सकिने पनि किताबखानाले जनाएको छ।
कर्मचारीको विवरण अद्यावधिक गर्ने प्रक्रिया देहायबमोजिम रहेको छ। 