०६ साउन २०८३, बुधबार

चितवनका पहाडमा गाँजा रोपेर भए पनि युवालाई रोजगार बनाउँछु : उम्मेदवार न्यौपाने

चितवनका पहाडमा गाँजा रोपेर भए पनि युवालाई रोजगार बनाउँछु : उम्मेदवार न्यौपाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सांसद भएर कानून उल्लंघन गरेकाले अहिलेको अवस्था आएको नेकपा एमाले चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामप्रसाद न्यौपानेले बताएका छन् ।

कानूनका कुरा गर्ने तर तिनै व्यक्तिले कानून उल्लंघन गरेकाले जनताले उनको द्वैध चरित्रको मूल्यांकन गरेको बताए ।

‘हामीले उपनिवार्चन चाहेका थिएनौं । हाम्रा कारणले उपनिर्वाचन भएको होइन । विजयी सासंदले कानूनको उल्लंघन गरेर आफ्नो पद जोगाउन नसक्दा यो अवस्था आएको हो,’ उम्मेदवार न्यौपानले चितवनको कालिका नगरमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै भने ।

आफूले गल्ती गर्ने र आफ्नो आलोचना सुन्न नचाहने मान्छेहरू उम्मेदवार बनेर आएका र त्यसले फेरि परिणाम के ल्याउँछ भन्न नसकिने उनले बताए । विगतका दिनमा जनताले रवि लामिछानेलाई जिताएर पठाए पनि अहिले अवस्था ठ्याक्कै उल्टो भएको उनको दाबी छ ।

चितवनलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने र त्यसले आर्थिक विकासमा टेवा पुर्‍याउने उनले बताए । उनले चितवनको पहाडी क्षेत्रमा गाँजा खेती गरेर भए पनि आर्थिक विकास गर्ने दाबी गरे । 

‘यो क्षेत्रको विकासका लागि म अगाडि आएको हुँ । आवश्यक परेको खण्डमा यो क्षेत्रका पहाडी भागमा गाँजा खेती गरेर भए पनि युवाहरूलाई आर्थिक पाटोमा सबल बनाउँछौं,’ उम्मेदवार न्यौपानेले भने । 

null

‘फेरि उपनिर्वाचन हुने अवस्था आउन दिन्नँ, मलाई भोट दिनुहोला’

उम्मेदवार न्यौपानेले चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिन्टारमा घरदैलो गर्दै आफूले जितेर गएको खण्डमा फेरि उपनिर्वाचन हुने अवस्था आउन नदिने भन्दै भोट मागेका छन् । 

उनले कुरिन्टारका स्थानीयका समस्या समाधान गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताउँदै जिते पनि, हारे पनि गाउँमा आउने प्रतिबद्धता जाहेर गरे । विगतका दिनमा जितेर गएका नेताले फेरि चुनाव गराएर आर्थिक भार थपेको र आफूले त्यस्तो अवस्था आउन नदिने उनले बताए ।
 
‘म तपाईंहरूको सामु आएको तपाईंहरूका समस्या समाधान गर्न, विगतमा जितेर गएका नेताले जस्तो अवस्था आउन दिन्नँ, यहाँले भोट दिनुहुन्छ भन्ने विश्वास गरेको छु,’ उम्मेदवार न्यौपानेले भोट माग्दै भने ।

विगतका दिनमा नेताहरूलाई आश्वासन मात्रै दिएको र अहिले पनि नेताहरूले आश्वासन मात्रै दिएर जाने अवस्था आउँछ कि भन्ने स्थानीयले प्रश्न गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्