×

NIC ASIA

चितवनका पहाडमा गाँजा रोपेर भए पनि युवालाई रोजगार बनाउँछु : उम्मेदवार न्यौपाने

चैत २३, २०७९

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सांसद भएर कानून उल्लंघन गरेकाले अहिलेको अवस्था आएको नेकपा एमाले चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामप्रसाद न्यौपानेले बताएका छन् ।

कानूनका कुरा गर्ने तर तिनै व्यक्तिले कानून उल्लंघन गरेकाले जनताले उनको द्वैध चरित्रको मूल्यांकन गरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले उपनिवार्चन चाहेका थिएनौं । हाम्रा कारणले उपनिर्वाचन भएको होइन । विजयी सासंदले कानूनको उल्लंघन गरेर आफ्नो पद जोगाउन नसक्दा यो अवस्था आएको हो,’ उम्मेदवार न्यौपानले चितवनको कालिका नगरमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै भने ।


Advertisment
Rupse Holidays
Nabil box

आफूले गल्ती गर्ने र आफ्नो आलोचना सुन्न नचाहने मान्छेहरू उम्मेदवार बनेर आएका र त्यसले फेरि परिणाम के ल्याउँछ भन्न नसकिने उनले बताए । विगतका दिनमा जनताले रवि लामिछानेलाई जिताएर पठाए पनि अहिले अवस्था ठ्याक्कै उल्टो भएको उनको दाबी छ ।

Vianet communication

चितवनलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने र त्यसले आर्थिक विकासमा टेवा पुर्‍याउने उनले बताए । उनले चितवनको पहाडी क्षेत्रमा गाँजा खेती गरेर भए पनि आर्थिक विकास गर्ने दाबी गरे । 

‘यो क्षेत्रको विकासका लागि म अगाडि आएको हुँ । आवश्यक परेको खण्डमा यो क्षेत्रका पहाडी भागमा गाँजा खेती गरेर भए पनि युवाहरूलाई आर्थिक पाटोमा सबल बनाउँछौं,’ उम्मेदवार न्यौपानेले भने । 

null

‘फेरि उपनिर्वाचन हुने अवस्था आउन दिन्नँ, मलाई भोट दिनुहोला’

उम्मेदवार न्यौपानेले चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिन्टारमा घरदैलो गर्दै आफूले जितेर गएको खण्डमा फेरि उपनिर्वाचन हुने अवस्था आउन नदिने भन्दै भोट मागेका छन् । 

उनले कुरिन्टारका स्थानीयका समस्या समाधान गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताउँदै जिते पनि, हारे पनि गाउँमा आउने प्रतिबद्धता जाहेर गरे । विगतका दिनमा जितेर गएका नेताले फेरि चुनाव गराएर आर्थिक भार थपेको र आफूले त्यस्तो अवस्था आउन नदिने उनले बताए ।
 
‘म तपाईंहरूको सामु आएको तपाईंहरूका समस्या समाधान गर्न, विगतमा जितेर गएका नेताले जस्तो अवस्था आउन दिन्नँ, यहाँले भोट दिनुहुन्छ भन्ने विश्वास गरेको छु,’ उम्मेदवार न्यौपानेले भोट माग्दै भने ।

विगतका दिनमा नेताहरूलाई आश्वासन मात्रै दिएको र अहिले पनि नेताहरूले आश्वासन मात्रै दिएर जाने अवस्था आउँछ कि भन्ने स्थानीयले प्रश्न गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x