
नेपालगञ्जस्थित भेरो अस्पतालको एआरटी सेन्टरमा नियमित औषधि सेवन गर्दै आएका एचआईभी सङ्क्रमित महिलाबाट जन्मिएका पाँच जना शिशु संक्रमणमुक्त रहेको पाइएको छ।
पछिल्लो डेढ वर्षयता सङ्क्रमितबाट जन्मेका १८ महिनाभन्दा कम उमेरका पाँच जना शिशु पूर्ण स्वस्थ र सक्रमणमुक्त रहेको मेरो अस्पतालका सूचना अधिकारी डा सतकुमार रिसालले बताए ।
उनका अनुसार अस्पतालबाट नियमित औषधि सेवन गर्दै आएकामध्ये पाँच जना आमाबाट जन्मिएका १८ महिनामुनिका शिशु एचआईभी सङ्क्रमणमुक्त रहेका छन्। गोरखापत्रले खबर छापेको छ ।