०४ असार २०८३, बिहीबार

पैसा बिच्छ्याएर टिकटकमा भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराइयो

पैसा बिच्छ्याएर टिकटकमा भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराइयो

ओछ्यानमा पैसाको नोटमाथि सुत्ने र टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराएर छाडिएको छ । 

नेपाल राष्ट्र बैंकले यस विषयमा चासो राखेपछि जिल्ला प्रहरी परिसरले महोत्तरीको बर्दिबास–१ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने सुलभ आचार्यलाई नियन्त्रणमा लिएर सचेत गराएको हो  ।

उनले केहीअघि एक हजार र पाँच सय दरका नोटहरू ओछ्यानमा राखी भिडियो बनाएर सार्वजनिक गरेका थिए । उनीसँग सोधपुछ गर्दा अध्ययनका लागि विदेश जाने क्रममा कलेज फि बुझाउन बैंकबाट निकालिएको पैसा रमाइलोका लागि खाटमा बिछ्याएर भिडियो बनाएको बताएको परिसरले जनाएको छ । 

उनको बयानका आधारमा अनुसन्धान गर्दा उक्त रकम एभरेष्ट बैंकबाट निकालेको देखिएकोले अब उप्रान्त यस्ता प्रकारका गतिविधि नगर्ने सर्तमा निजलाई निगरानीमा रहने गरी सचेत गराई छाडिएको परिसरका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्