११ साउन २०८३, सोमबार

सहसचिव भुपाल बरालको संयोजकत्वमा बजेट लेखन समिति गठन

सहसचिव भुपाल बरालको संयोजकत्वमा बजेट लेखन समिति गठन

अर्थ मन्त्रालयले बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालयका सहसचिव भुपाल बरालको संयोजकत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तर्जुमाका लागि उक्त समिति गठन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

अर्थ मन्त्रालयले शुक्रवार मन्त्रीस्तरीय निर्णय गरेर उक्त समिति गठन गरेको हो । 

समितिमा बरालसहित ६ सदस्य छन् । समिति सदस्यमा मन्त्रालयका सहसचिवहरू उत्तरकुमार खत्री, धनीराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी, जनकराज शर्मा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्