०८ असार २०८३, सोमबार

आईपीएल क्रिकेट : सनराइजर्स हैदराबादलाई ५ विकेटले हराउँदै लखनउको दोस्रो जीत

चैत २५, २०७९
आईपीएल क्रिकेट : सनराइजर्स हैदराबादलाई ५ विकेटले हराउँदै लखनउको दोस्रो जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२३ मा शुक्रवार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले हराउँदै लखनउ सुपर जोइन्टस्ले जितेको छ ।

शुरूमा ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १२१ रन बनाएको थियो । जवाफी ब्याटिङ गर्दै लखनउले २१ बल खेल्न बाँकी छँदै लक्ष्य भेट्टायो ।

घरेलु मैदान अटल बिहारी वाजपेय स्टेडियममा लखनउ टीमका कप्तान केएल राहुलले सर्वाधिक ३५ रन बनाए । हैदराबादका ३ विकेट झारेका क्रुणाल पंड्याले ३४ रन बनाए । पंड्या ‘प्लेयर अफ द म्याच’ छानिएका छन् ।

पछिल्लो जीतसँगै अंंक तालिकामा लखनउ शीर्ष स्थानमा उक्लिएको छ । यसअघि लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको थियो भने चेन्नई सुपर किंग्ससँग १२ रनले हारेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्