३१ असार २०८३, बुधबार

कानून नै बनाउनु हुँदैन झैँ गरी सञ्चारमाध्यमले समाचार छापे- मन्त्री शर्मा

कानून नै बनाउनु हुँदैन झैँ गरी सञ्चारमाध्यमले समाचार छापे- मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकबारे सञ्चारमाध्यममा प्रकाशन भएका समाचारहरूप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। 

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। 

मन्त्री शर्माले मन्त्रालयमा छलफल नै नभएका विषयवस्तुहरूबारे पछिल्लो समय सञ्चारमाध्यमहरूमा ठूलाठूला अक्षरमा समाचार छापिएको भन्दै असन्तोष व्यक्त गरिन्। 

उनले मन्त्रालयमा छलफल नै नभएको विषयवस्तुहरूलाई लिएर समाचार प्रकाशन एवं प्रशारण हुँदा नीति निर्माण गर्नेहरूलाई कानून नै बनाउन नहुने हो कि भन्ने स्थिति आएको बताइन्। 

प्रक्रिया शुरू नगर्दा नै सञ्चारमाध्यमहरूले कल्पना गरेर समाचार प्रकाशन गरेको आरोप उनको थियो।

मन्त्री शर्माले कानून बनाउँदा सरकारले राष्ट्रिय हित सर्वोपरि राखेर नै निर्माण गर्ने र कानून निर्माणको प्रक्रिया आफूलाई स्पष्ट रुपमा जानकारी रहेको पनि उनले बताइन्।

उनले अनलाइन मिडियाहरूलाई नियमन गर्नसक्ने कानून सरकारसँग नरहेको भन्दै आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन बनाउँदा सबै कुरा समेटेर निर्माण गर्ने प्रतिबद्धता जनाइन्। 

मन्त्री शर्माले सञ्चारमाध्यमहरूले कल्पना गरेर बाहिर समाचार प्रकाशन एवं प्रशारण गरेको र पछिल्लो समय समाजका हरेक क्षेत्र सकारात्मक भन्दा बढी नकारात्मक हुँदै गएको बताइन्। 

salt training

कमेन्ट गर्नुहोस्