०८ साउन २०८३, शुक्रबार

सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन काठमाडौंका मेयर बालेन शाहको निर्देशन

सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन काठमाडौंका मेयर बालेन शाहको निर्देशन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् ।

कानून कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै उनले ती संरचना आफैं हटाउन निर्देशन दिए ।

उनका अनुसार हटाउन निर्देशन दिएका प्रहरी बिटमा बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामंगल चोक, चुच्चेपाटी चोक, ढल्को, ताम्सीपाखा, रुद्रमतीमार्ग मैतीदेवी, असन चोक, न्यूरोड पिपलबोट, धोबीचौर, देउराली क्लब, रातो पुल, बौद्ध, ताहचल, पेप्सीकोला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र माछापोखरीका प्रहरी बिट रहेका छन् ।

दूतावासलगायत विदेशी नियोगका सम्बन्धमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिएको उनले जानकारी दिए । महानगर प्रमुख शाहले कानून सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने स्थापित गर्न सबै तयार हुन अपिल समेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्