०८ असार २०८३, सोमबार

विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ
प्रतिकात्मक तस्वीर

ठगी, जबरजस्ती करणी र सवारी ज्यान मुद्दाका ३ जना फरार प्रतिवादीलाई झापाको ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दमक नगरपालिका–८ बस्ने ४१ वर्षीय वेदप्रसाद सेडाई, सोही नगरपालिका–३ बस्ने ३६ वर्षीय नगेन राई र सोही नगरपालिका–७ बस्ने ४५ वर्षीय पवन लिम्बु रहेका छन् । जसमध्ये वेदप्रसादलाई शुक्रवार र नगेन र पवनलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूमध्ये वेदप्रसाद सेडाईलाई जिल्ला अदालत झापाको २०६९ चैत २० गतेको फैसलाले ठगी मुद्दामा ५ दिन कैद र १ हजार रुपैयाँ जरिवाना, नगेन राईलाई सोही अदालतको २०६७ फागुन १७ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय र पवन लिम्बुलाई सोही अदालतको २०७५ असार ५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद सजाय ठहर भएको थियो । 

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्