भारतको दिल्लीबाट लन्डनतर्फ गइरहेको एयर इन्डियाको विमानमा कर्मचारीहरूमाथि हातपात गर्ने यात्रुलाई पक्राउ गरिएको छ ।
सोमवार विमान उडेको केही समयपछि नै ती यात्रुले झैझगडा गर्न थालेपछि विमानलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काइएको थियो । तिनलाई त्यहाँ झारेर विमान फेरि लन्डनतिरै उडेको थियो ।
एआई १११ उडानमा २२५ यात्रु थिए ।
झैझगडा र हातपात गर्ने यात्रुका विरुद्ध प्रहरीमा जाहेरी पनि दर्ता गरिएको छ ।
यसअघि पनि भारतीय यात्रुहरूले उडानकै क्रममा दुर्व्यवहार गरेका घटनाहरू सार्वजनिक भएका थिए ।