२७ जेठ २०८३, बुधबार

लगातार पाँच छक्का हानेर केकेआरलाई जिताउने रिंकुको जीवनकथा छ मार्मिक

चैत २७, २०७९
लगातार पाँच छक्का हानेर केकेआरलाई जिताउने रिंकुको जीवनकथा छ मार्मिक

आईपीएलमा आइतवार राति भएको गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेलमा रिंकु सिंहले विस्फोटक ब्याटिङ गरी आफ्नो टोली केकेआरलाई जिताएका छन् । 

अन्तिम ओभरमा लगातार पाँच छक्का प्रहार गरी उनले केकेआरलाई तीन विकेटको जीत दिलाएका हुन् । 

रिंकु सामान्य परिवारका सदस्य हुन् । उनका पिता खानचन्द्र सिंह ग्यास सिलिन्डर वितरण कम्पनीमा काम गर्थे । खानचन्द्र सिंह र बीना देवीका ६ सन्तानमध्ये रिंकु तेस्रा सन्तान हुन् । 

चौबीस वर्षका रिंकुले जीवनमा धेरै संघर्ष गरिसकेका छन् । क्रिकेटर बन्नुअघि उनी अर्काको घरमा गएर सरसफाइ गर्ने गर्थे । 

अलीगढको सानो क्रिकेट ग्राउन्डमा क्रिकेट खेल्ने रिंकु पछिपछि ठूला प्रतियोगितामा खेल्न थाले । त्यसपछि उनी उत्तर प्रदेशको टीममा छानिए । 

रिंकु विगत पाँच वर्षमा चोटका कारण अनि बीसीसीआई नियम उल्लंघन गरेका कारण आईपीएलका धेरै म्याचमा खेल्न पाएका थिएनन् । 

रिंकुले क्रिकेट खेदेको उनका परिवारका सदस्यलाई मन परेको थिएन । तर सन् २०१२ मा विद्यालयस्तरीय प्रतियोगितामा उनले बाइक जितेपछि परिवारका सदस्यहरूको मन बदलिन थाल्यो । 

रिंकुले शुरूमा क्रिकेटबाट कमाएको पैसा परिवारको ऋण चुकाउँदै सकियो । 

अलीगढबाट आईपीएलको पहिलो खेलाडी बनेका रिंकुले पाएको तलबको रकम देखेर परिवारका सदस्यहरू चित खाए । सन् २०१७ मा रिंकुले केकेआरबाट ८० लाख भारु पाएका थिए । 

त्यसपछि उनीहरूले जग्गा किने अनि सबै ऋण पनि चुक्ता गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्