२२ जेठ २०८३, शुक्रबार

कक्षा १२ को परीक्षाफल केहिबेरमा प्रकाशन हुँदै, यसरी हेर्न सकिन्छ

कात्तिक २०, २०७४
कक्षा १२ को परीक्षाफल केहिबेरमा प्रकाशन हुँदै, यसरी हेर्न सकिन्छ
काठमाडौं, १५ भदौ– कक्षा १२ को परीक्षाफल विहीवार प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले केही बेरमा नतिजा प्रकाशनको तयारी गरेको छ ।

नतिजा प्रकाशित हुन बाँकी रहेका ब्यवस्थापन, मानविकी र शिक्षा संकायको परीक्षाफल प्रकाशनको लागि सबै तयारी पुरा भएको परिक्षा नियन्त्रण कार्यलय भक्तपुरका उपनिर्देशक उत्तमदेव विष्टले जनाकारी दिए ।

उनले लोकान्तरलाई भने,‘परीक्षा प्रकाशनको सम्पूर्ण तयारी पुरा भइसकेको छ अब केही समय पछि परीक्षाफल सार्वजनिक हुनेछ ।’

परिक्षा निन्त्रण कार्यलयले नतिजा सार्वजनिक भएपछि विद्यार्थी तथा अभिभावकले एनटीसी १६०१ डायल गरी मोवाइबाट पनि नतिजा हेर्न सकिने विष्टले बताए । यस्तै http://www.neb.gov.np/ वा https://www.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिनेछ ।

गत बैशाख १० गते भएको परीक्षामा सहभागि हुन साढे ३ लाख परीक्षार्थीले परिक्षा दिएका थिए । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्