०५ साउन २०८३, मंगलबार

डा. भट्टराईको ठहर – गम्भीर संरचनात्मक सुधार नगरेसम्म देशको संकट समाधान हुन सक्दैन तर ...

डा. भट्टराईको ठहर – गम्भीर संरचनात्मक सुधार नगरेसम्म देशको संकट समाधान हुन सक्दैन तर ...

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गम्भीर संरचनात्मक सुधार नगरेसम्म देशको संकट समाधान हुन नसक्ने बताएका छन् ।

टीकापुरदेखि गुलरिया, नेपालगञ्ज, गोरुसिंगे, बुटवल, भैरहवा हुँदै काठमाडौं फर्किएपछि बुधवार बिहान ट्विटरमा लेख्दै भट्टराईले सत्तामा रहेकाहरू संरचनात्मक सुधार गर्नेतिरभन्दा सत्ताको अंकगणितमै तल्लीन देखिनु बढी चिन्ताको विषय रहेको बताएका छन् ।

‘थुप्रै साथी/शुभचिन्तकसँग संवाद गर्ने अवसर मिल्यो । देशको संकटग्रस्त अर्थ–राजनीतिबारे चिन्ता/चासो पाइयो । नेसपा माकेमा विलय भएको वा हुन लागेको भ्रम छरिएको पनि बुझियो । अतः केही कुरा – १. देशको गम्भीर संकट तथ्य हो । गम्भीर संरचनात्मक सुधार नगरेसम्म देशको संकट समाधान हुनसक्दैन तर सत्तामा रहेका साथीहरू संरचनात्मक सुधार गर्नेतिर भन्दा सत्ताको अंकगणितमै तल्लीन देखिनु बढी चिन्ताको विषय छ । यसबारे अहिले यत्ति ! २. नेसपा नयाँशक्तिदेखि विभिन्न घुम्ती हुँदै पुनः नयाँ वैकल्पिक शक्ति बन्ने कोसिसमा छ ! वैकल्पिक शक्ति निर्माणका २ बाटा छन्, पहिलो – माके लगायतका पुराना शक्ति समेत पुनर्संरचित भएर नयाँ समाजवादी शक्ति/केन्द्र निर्माण गर्ने । टप–डाउन बाटो ! दोस्रो – नयाँ उदीयमान अग्रगामी शक्तिहरूसँग सहकार्य गर्दै वैकल्पिक प्रगतिशील लोकतान्त्रिक शक्ति निर्माण गर्ने । डाउन–अप बाटो ! अरु भ्रम हुन् !’

salt training

कमेन्ट गर्नुहोस्