३० असार २०८३, मंगलबार

अडियो प्रकरणबारे निर्णय लिन रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

अडियो प्रकरणबारे निर्णय लिन रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
फाइल तस्वीर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ ।

सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियो प्रकरणबारे निर्णय लिन आज केन्द्रीय समितिको बैठक बस्न लागेको पार्टीले जनाएको छ ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठले गरेको भनिएको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

समितिसँगको बयानमा सांसद श्रेष्ठले उक्त अडियो आफ्नो नभएको दाबी गरेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्