काठमाडौं, १५ भदौ— ‘फ्री भिसा, फ्री टिकट’ ब्यवस्थाको प्रभावकारी कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

बुधबार सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
सामाजिक न्यायको लागि कानुन तथा नीति नियम मञ्चर एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम)ले दायर गरेको रिटमा ‘फ्री भिसा, फ्री टिकट’ ब्यवस्थाको प्रभावकारी कार्यन्वयनको लागि उपयुक्त कानूनी व्यवस्था लगायत अनुगमन प्रणालीको व्यवस्थाको माग गरीएको थियो ।
फ्री भिसा, फ्री टिकटको हालको अवस्थाको बारेमा जानकारीको लागि एक स्वतन्त्र समिति गठन गरि सो व्यवस्थाको वर्तमान अवस्थाको अध्ययन प्रतिवेदन तयार गरि अदालमा पेशगर्ने आदेशको समेत निवेदनमा माग गरिएको छ |
फ्री भिसा, फ्री टिकटको व्यस्थाको बारेमा सरकारले प्रभावकारी रुपमा कम नगरेको दावी निवेदनमा गरिएको छ |
रिट निवेदनमा निवेदक संस्थाको तर्फबाट अधिवक्ताहरु हरि फुयाल, बरुण घिमिरे, अनुराग देवकोटा लगायतले वहस गरेका थिए ।