
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शनिवार २ खेल भए । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटललाई २३ रनले पराजित गरेको छ ।
दोस्रो खेलमा पञ्जाब किंग्सले लखनऊ सुपर जोइन्टसलाई २ विकेटले पराजित गरेको छ । यो पञ्जाबको तेस्रो जीत हो ।
शुरूआती ब्याटिङ गरेको लखनऊले १५९ रन बनायो । जवाफी ब्याटिङ गरेको पञ्जाबले २०औं ओभरमा २ विकेट बाँकी छँदै लक्ष्य भेट्टायो ।
यस्तै, आईपीएलको २०औं खेलमा दिल्ली क्यापिटललाई २३ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले सिजनको दोस्रो जीत निकालेको छ ।
शुरूआती ब्याटिङ गरेको बैंगलोरले खेलाडी विराट कोहलीको अर्धशतकीय पारीसहित ६ विकेटमा १७४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको दिल्लीले खराब प्रदर्शन गर्यो । दिल्लीका आधा खेलाडी ५३ रन बनाउँदा आउट भइसकेका थिए । अन्तिम ओभरसम्म ९ विकेटमा दिल्लीले १५१ रन मात्रै बनायो ।