२२ असार २०८३, सोमबार
शीर्ष नेताको बैठक

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति खोज्न बालकोटमा शीर्ष नेता, सभामुखसहित छलफल

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति खोज्न बालकोटमा शीर्ष नेता, सभामुखसहित छलफल

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेका छन् ।

ओली निवास बालकोट भक्तपुरमा सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल शुरू भएको हो । 

छलफलमा नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक पनि सहभागी छन् ।

हिजोका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । ओली बिरामी परेपछि ओलीलाई स्वास्थ्यलाभको कामना गर्न र विधेयकमा सहमति जुटाउन भन्दै नेताहरू बालकोट पुगेका हुन् । 

यसअघि सभामुख देवराज घिमिरेले तीन शीर्ष नेतालाई संवादमा जोडेका थिए । 

बैठकमा संसदीय सुनुवाइ विशेष समितिसहित विषयगत समितिहरू गठनमा समेत सहमतिको प्रयास हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्