३१ असार २०८३, बुधबार

ड्राइभर दुर्घटनाबारे रविले भने– चोट लागेको बेला नुन चुक बोकेर नआउनु होला

ड्राइभर दुर्घटनाबारे रविले भने– चोट लागेको बेला नुन चुक बोकेर नआउनु होला

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले आफ्ना सवारी चालकको दुर्घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । 

चालक शम्भु थापाको दुर्घटना सम्बन्धमा सोमवार अपरान्ह सामाजिक सञ्जालमा सन्देश लेख्दै रविले चोट लागेको बेला नुन चुक बोकेर नआउन आग्रह गरेका हुन् ।

‘मेरो गाडी चालक छतबाट खसेर दुर्घटनामा पर्नु भयो ।  पुरानो मेडिकल कलेजमा उहाँ उपचाररत हुनुहुन्छ । बिहानै देखि निरन्तर र भरखरैपनि  मैले चिकित्सकसँग  परामर्श गरे अनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ, स्थिर  छ । प्रहरी पनि अनुसन्धानमा छ’ रविले लेखेका छन्, ‘यस्तो बेला यो भन्दा धेरै म सँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछ । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउनु होला ।’ 

रवि बसेकै घरमा सुतेका चालक थापा सोमवार बिहान तीन तले घरको छतबाट खसेर घाइते भएका छन् । उनको दुर्घटनापछि रवि आज राजनीतिक कायक्रममा सहभागी भएका छैनन् ।

घटना भएको १२ घण्टापछि उनले फेसबुकमा लेखेका छन् ‘स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला । सक्नु हुन्छ भने मलाइ सहने शक्ति  मात्रै दिनुहोला । मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शैयामा  संघर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनु होला । स्वास्थ्य लाभको कामना गरिदिनु होला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछोप्नुहोला ।’
 

salt training

कमेन्ट गर्नुहोस्